कोरोनाबाट थप ९ जनाको मृत्यु,सङ्ख्या ५ सय ६३ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टाभित्र थप ९ जनाको मृत्यु भएको छ । आज तेह्रथुमका ३१ बर्षिय पुरुष,सुनसरीका ६४, ललितपुरका ६१,७७ र चितवनका ७० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँकी ५९,६० वर्षिया महिला,लतितपुरकी ६७ र नवलपरासी पूर्वकी ७७ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्