बिहिबारबाट धादिङ अस्पतालको ओपिडि लगाएतका सम्पुर्ण सेवा संचालन हुने

जिल्ला अस्पताल धादिङको ओपिडि सेवा बिहिबारबाट संचालन हुने भएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछी गत शूक्रबारबाट बन्द गरिएको ओपिडी सेवा बिहिबारबाट संचालन हुने अस्पतालले जनाएको छ ।

बुधबार अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्धेश्यले नियमित रुपमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षण गर्दै आएकोमा दुई स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको कारण शूक्रबार देखि बन्द रहेको ओपिडि लगायत अस्पतालका सम्पूर्ण सेवाहरु बिहिबारबाट संचालन हुने जनाएको छ ।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा लगाएतका सम्पुर्ण सेवाहरु बिहिबार निरन्तर संचालन गरिने अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।

अस्पतालले अर्को सुचना नआए सम्मको लागि गत सोमबारबाट ईमर्जेन्सी,फिवर क्लिनिक र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको थियो । यसअघि असोज ७ गते एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछी बन्द गरिएको ओपिडी लगायतका अन्य सेवाहरु असोज १२ गते सोमबार बाट सञ्चालनमा आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्