धादिङमा १६ संक्रमित थपिए, संख्या ५ सय १२ पुग्यो

धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु नीलकण्ठ नगरपालिकाका १० जना,नेत्रावती डवजोङ गाउँपालिकाका २ जना, ज्वालामुखीका २,त्रिपुरासुन्दरी र गल्छिका १र१ जना रहेका छन् ।

संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं २ का ४२ बर्षिय पुरुष,वडा नं ३ का २४,२९,३८ बर्षिय पुरुष,वडा नं ४ का ३७ बर्षिय पुरुष,वडा नं ७ का २१ बर्षिय पुरुष,वडा नं ९ की ९ बर्षिय बालिका,४० बर्षिय पुरुष,वडा नं १० की २७ बर्षिया महिला, वडा नं १३ की २० बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ की २८ बर्षिया महिला,वडा नं ४ को ३५ बर्षिय पुरुष,ज्वालामुखी गाउँपालिका वडा नं २ को ३५ बर्षिय पुरुष,वडा नं ६ की २३ बर्षिया महिला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष र गल्छि गाउँपालका वडा नं १ का ३३ बर्षिय पुरुष रहेको रिजालले बताउनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्