धादिङमा अहिलेसम्मकै धेरै १ सय ३२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा धादिङमा अहिलेसम्मकै धेरै एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिकाका ९९ जना, बेनिघाट रोराङका ९ जना,गजुरीमा ८ जना,ज्वालामुखीमा ६ जना, रुवीभ्यालीमा ३ जना रहेका छन् । यस्तै सिद्धलेकमा ३ जना, खनियाबासका १ जना, गल्छिमा १ जना, त्रिपुरासुन्दरीमा १ जना,थाक्रेमा १ जना गरी १ सय ३२ जना रहेका छन् ।

संक्रमितहरुमा ८ बर्षदेखी ७० बर्ष उमेर समुहका ५४ जना महिला ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ७ सय ८० पुगेको छ । संक्रमित मध्ये ४ सय १५ जना निको भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्