नीलकण्ठ नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङको नीलकण्ठ नगरपालिकाका अधिकांस जनप्रतिनिधि तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । बिहिबार नगरपालिकाले एक सूचना जारी गर्दै असोज २५ गते कोभिड १९ जाचँको लागि थ्रोट स्वाव संकलन गरि पठाइएकाहरु मध्ये २८ गते बुधबार नगरपालिकाका अधिकांस जनप्रतिनिधि तथा कर्मचारीहरु सहित ९६ जनामा संक्रमण देखिएकाले आजदेखी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

संक्रमित कर्मचारीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ रिपोर्ट नआउन्जेल सम्मको लागि नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा र नगरपालिकाबाट सञ्चालित ःऋज् अष्लिष्अ लाई अर्को सूचना नआएसम्मको लागि बन्द गरिएको सूचनामा भनिएको छ ।

नीलकण्ठ नगरपालिकामा अहिलेसम्मको तथ्याङ्क अनुसार संक्रमितको सङ्ख्या २ सय ८० पुगेको छ । संक्रमित मध्ये १ सय ९ जना निको भईसकेका छन् भने हाल सक्रिय केशको सङ्ख्या १ सय ५४ जना रहेको छ । त्यस्तै नीलकण्ठ नगरपालिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्