नेपालमा संक्रमित संख्या १ लाख २१ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

हिजो बुधबार २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै ८४ हजार ५ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसिआर परिक्षण गरिएको डा।गौतमले बताउनुभयो । अहिले देशभर ३६ हजार ५ सय ३३ सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८ सय २५ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्