धादिङमा कोरोना संक्रमितको संख्या ७ सय ९० पुग्यो

धादिङका थप १० जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु धुनिबेसी नगरपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, नीलकण्ठ नगरपालिकाका २ जना, त्रिपुरा सुन्दरी गाउापालिकाका १ जना र बेनीघाट रोराङ गाउँपालिकाका १ जना रहेका छन् ।

जस्मा धुनिबेसी नगरपालिका वडा नं ५ का ३ वर्षिय बालिका, २४ वर्षिय महिला, २२ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ४ का २२, २३ वर्षिय पुरुष, वडा नं ९ का ३४ वर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ६ का ४१ वर्षिय पुरुष, वडा नं ४ का ७० वर्षिय पुरुष, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ का ४९ वर्षिय पुरुष र बेनीघाट रोराङ गाउँपालिका वडा नं ७ की २२ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्