देशभर संक्रमित सङ्ख्या १ लाख ३२ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ७९ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो ।

हिजो आईतबार ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार ३ सय २६ जना डिस्चार्ज भएसँगै ९२ हजार १ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसिआर परिक्षण गरिएको डा गौतमले बताउनुभयो । अहिले देशभर ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८ सय ३१ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्