कोरोनाबाट धादिङमा थप एकको मृत्यु,संक्रमित सङ्ख्या ८३८ पुग्यो(विवरण सहित)

धादिङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आईतबार नीलकण्ठ नगरपालिका वडा नं ३ का ९३ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । यस्तै आईतबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु धुनीबेशी नगरपालिका वडा नं ६ का ३४ वर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ का ३४ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा २ सय ८० जना संक्रमित पुगेको छ । गल्छिमा १ सय २ जना, त्रिपुरासुन्दरीमा ८९ जना,ज्वालामुखी गाउँपालिकामा ६६ जना पुगेको छ । यस्तै बेनिघाट रोराङमा ५९ जना, थाक्रेमा ५३ जना, धुनीबेसीमा ३५ जना, गजुरीमा २९ जना, सिद्धलेकमा २६ जना, नेत्रावती डबजोङ २५ जना, गंगाजमुना र खनियाबासमा २०÷२० जना, रुविभ्यालीमा ५ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका २९ जना र स्वास्थ्य कार्यालय धादिङका २ जना गरी ८ सय ३८ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो।

जम्मा संक्रमित मध्ये ५ सय ६६ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी २ सय ७२ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आईतबार थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ४ सय ४३ पुगेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा ५ सय २६ जनाको रिपोट आउन बाँकी रहेको छ भने सक्रिय केशको सङ्ख्या ३ सय ६७ जना रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्