सिद्धलेक गाउँपालिकालाई पाईप तथा तारजाली हस्तान्तरण

फोकस नेपाल धादिङद्धारा सिद्धलेक गाउँपालिकालाई पाईप तथा तारजाली हस्तान्तरण गरिएको छ । आईतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी फोकस नेपाल धादिङ र कृश्चियन एड नेपालको साझेदारी तथा गाउँपालिकाको समन्वयमा सम्पन्न रेजिलेन्ट नेपालको परियोजना मार्फत गाउँपालिकालाई पाईप तथा तारजाली हस्तान्तरण गरिएको हो । गाउँपालिकामा गत साउनमा गएको बाढि पहिरोले क्षति पुर्याएका स्थानहरुको लागी १३ लाख भन्दाबढी रकम बराबरको पाईप तथा तारजाली हस्तान्तरण गरिएको फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालले जानकारी दिनुभयो।

गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष चन्द्र प्रसाद सिलवाल,वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटी,प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल,फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवाल, संस्थाका कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।

यसअघि फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई कोरोना भाइरसको सम्भावित संक्रमण जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष निर्माणका लागि ८० वटा सर्जिकल बेड हस्तान्तरण गरीसकेको छ । त्यस्तै गाउँपालिकाका ७ सय १३ घर परिवारलाई राहत वितरण गर्नुका साथै गाउँपालिकालाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको थियो । गाउँपालीकामा फोकस नेपालले क्रिष्चीयन एडको साझेदारीमा सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्