धादिङमा संक्रमित सङ्ख्या ११ सय नाघ्यो (विवरण सहित)

धादिङमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्षिया महिला,३५ बर्षिय पुरुष रहेका छन् ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नं १० का ४२ बर्षिय पुरुष,वडा नं १२ की ३५ बर्षिया महिला,ज्वालामुखी गाउँपालिका वडा नं २ की ३६ बर्षिया महिला र वडा नं ३ का ३५ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय १ पुगेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ४९ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ३९ जना, त्रिपुरासुन्दरीमा ९४ जना, बेनिघाट रोराङ र ज्वालामुखी गाउँपालिकामा ७८/७८ जना पुगेको छ । यस्तै गजुरी र थाक्रेमा ६३/६३ जना, धुनीबेसीमा ४५ जना, सिद्धलेकमा ३३,नेत्रावती डबजोङमा २९, खनियाबासमा २८ जना, गंगाजमुनामा २५ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६३ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार १ सय १ जना रहेका छन् ।

जम्मा संक्रमित मध्ये ७ सय ५९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ३ सय ४१ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा शुक्रबारसम्मको तथ्याङ्क अनुसार कसैको पनि रिपोट आउन बाँकी नरहेको रिजालले बताउनुभयो । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या ६ सय २१ पुगेको छ भने अहिले सक्रिय केशको सङ्ख्या ४ सय ६१ जना रहेका छन् । त्यस्तै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्