स्थानिय युवाहरुको सक्रियतामा बाघ बच्छला मन्दिर सरसफाई तथा रङरोकन

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर बाघ बच्छला महादेवको मन्दिर सरसफाई तथा रङरोकन गरिएको छ । गल्छी–८ का स्थानिय व्यावसायी तथा बाघ बच्छला सप्लायर्सका प्रमुख विष्णु रेग्मीको आर्थिक सहयोगमा रङरोकन गरिएको र स्थानिय युवाहरुद्धारा मन्दिर परिसरमा सरसफाई गरिएको रामकुमार रेग्मीले जानकारी दिनुभयो ।

व्यवसायी विष्णु रेग्मी आफै सहभागि भई मन्दिर सरसफाई तथा रङरोकन गर्नुभएको हो । आफ्नो गाउँको मन्दिर संरक्षण गर्नको लागि आफुले कमाएको केहि अंश सामाजिक कार्यमा सहयोग गरेको व्यावसायी रेग्मीले बताउनुभयो । उहाँले मन्दिरमा रङरोकन तथा सरसफाई गर्नको लागि ८ हजार ५ सय समेत सहयोग गर्नुभएको छ ।

साविकको गोगनपानी गाउँ विकास समिति वडा नम्बर २ मा रहेको बाघ बच्छला मन्दिर ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल हो । बाघ बच्छला महादेवको मन्दिरमा पुजाराधान गर्दा मनोकाङ्क्षा पुरा हुने विश्वास रहेको छ।उक्त मन्दिरमा गई गाईको दाम्लो साँट्ने चलन रहेको त्यसो गर्दागाईलाई कुनै रोग नलाग्ने र राम्रो हुने धार्मिक विश्वास रहिआएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्