नीलकण्ठ नगरपालिकामा राखीएको प्रहरीबारे गुनासो पेटीकामा ५ वटा उजुरी

बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुबारे नागरिकले लिखित गुनासो गर्न पाउने सहज व्यवस्था मिलाइएको छ । गुनासो तथा सुझाव संकलन पेटीमा प्राप्त भएको असोज महिनाको गुनासो तथा सुझाव संकलन गरी प्रदेश प्रहरी कार्यालयमा लगिएको छ ।बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको “गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी योजना २०७७” अनुसार आम नागरिकबाट प्राप्ते भएका सल्लाह, सुझावका साथै गुनासोलाई संकलन गरी प्रदेश प्रहरी कार्यालयमा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

प्रथम चरणमा बागमती प्रदेश अन्तरगत सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको थियो । जसमध्ये धादिङको निलकण्ठ नगरपालिकाको कार्यालयमा राखीएको पेटीकाबाट ५ वटा र मकवानपुरको हेटौंडा उपमहानगरपालीकाको कार्यालयमा राखीएको पेटीकाबाट १ गरी जम्मा ६ वटा गुनासो तथा उजुरी प्राप्त भएको गिरीले बताउनुभयो ।

उहाँको अनुसार अन्य स्थानीय तहको कार्यालयमा राखीएको पेटीकामा भने कुनै सुझाव तथा गुनासो राखेको पाईएन । स्थानीय तहका प्रतिनिधीका साथै स्थानीय प्रहरीको रोहवरमा उक्त पेटीका खोली प्राप्त भएका गुनासोहरु प्रदेश प्रहरी कार्यालय हेटौंडामा लगिएको प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताउनुभयो। प्रदेश प्रहरी कार्यालयमा रहेको गुनासो उजुरी छानविन शाखाले प्राप्तु गुनासोहरुको सम्बन्धमा उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पश्चात सो को जानकारी सम्बन्धीत व्यक्तिलाई गराईनुका साथै प्रदेश प्रहरीको आधिकारीक वेव साईट मार्फत सार्वजनीक गरिने जनाईएको छ ।

प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी ३१ वटा स्थानीय तहमा, दोस्रो चरणमा ६७ वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८ सय ७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने गिरीले बताउनुभयो ।

प्रहरीले संगठनको काम कारवाहीलाई ब्यवस्थित तथा जवाफदेही बनाउन नागरीकसंगको सहकार्यलाई अपरिहार्य रहेको मनन गरी कार्यक्षेत्रमा रहेको हरेक प्रहरी कार्यालयहरुमा गुनासो पेटिका राख्ने कार्य धेरै अघि देखि प्रारम्भ गरेको भएता पनि प्रहरीको बिरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महसुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेको अवस्थालाई मध्यनजर गरी स्थानिय निकायको परिसरमानै प्रहरीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्यको सुरुवात गरिएको र नेपाल प्रहरीमै पहिलो पटक बागमती प्रदेश प्रहरी कार्यालयले यो अभियान संचालन गरेको प्रहरी बरिष्ठ उपरीक्षक गिरीको भनाई छ ।

उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी संग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन । अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्