धादिङमा आईतबार थपिए २५ जना कोरोना संक्रमित

धादिङमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको गजुरी गाउँपालिकाका ९ जना,नीलकण्ठ नगरपालिकाका ६ जना,धुनिबेशी नगरपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै ज्वालामुखीका ३ जना,बेनिघाट रोराङका २ जना,त्रिपुरासुन्दरी र गंगाजमुनाका १÷१ जना रहेको रिजालले बताउनुभयो । आईतबार थपिएका संक्रमितहरुमा १७ बर्षदेखी ७० बर्ष उमेर समुहका ९ जना महिला र १६ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ३० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्