धरौटी रकम नलिई कोरोना सङ्क्रमितको उपचार गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना सङ्क्रमितको उपचार गर्न निर्देशन दिएको छ । आज नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो ।

उहाँले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले कोरोना सङ्क्रमितको सशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ ।

सङ्क्रमितको निशुल्क उपचार गर्दै आएका अस्पतालहरुले सूचना निकाल्दै धरौटी रकम सार्वजनिक गर्न थालेपछि आलोचना भएको थियो। सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयं व्यक्तिबाट नै असुल्ने भने पनि खर्च बेहोर्न नसक्ने सङ्क्रमितको भने निशुल्क उपचार गर्ने भनेको छ । सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निशुल्क उपचार गर्ने भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्