धादिङमा चार सय घरका खरका छाना विस्थापन गरिँदै

धादिङमा चार सय घरहरुको खरका छाना विस्थापन गर्न सुरु गरिने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागले कार्यक्रम सञ्चालनका लागि सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार चालु आर्थिक वर्षमा जिल्लाको १३ स्थानिय तह मध्ये १२ स्थानिय तहमा रहेको चार सय घरधुरीको खरको छाना विस्थापन गर्न लागिएको हो।कार्यक्रम अन्तर्गत जिल्लाको क्षेत्र नम्बर १ मा दुई सय र क्षेत्र नम्बर २ मा दुई सय गरी चारसय घरमा खरको छाना हटाएर जस्तापाताको छानो हाल्न लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका कार्यालय प्रमुख कृष्णकुमार महर्जनले बताउनुभयो ।

कार्यक्रम बाट क्षेत्र नम्बर १ अन्तर्गत धुनिबेसी नगरपालिकामा ३३, थाँक्रे गाउँपालिकामा ३३, गल्छी गाउँपालिकामा ३३, गजुरी गाउँपालिकामा ३३, वेनिघाट रोराङ गाउँपालिकामा ३३, र सिद्धलेक गाउँपालिकामा ३५ घरको खरको छाना हटाईने छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत नीलकण्ठ नगरपालिकामा २८, खनियाँबास, गंगाजमुना, र ज्वालामुखी गाउँपालिकामा २८र२८, रुवीभ्याली र त्रिपुरासुन्दरी गाउँपालिकामा ३०र३० घरधुरीका खरको छाना हटाउने कार्यक्रम रहेको महर्जनले बताउनुभयो ।महर्जनका अनुसार खर, स्याउला, पराल तथा विटुमिन ड्रमको प्रयोग गरिएका छाना भएका घर जहिले पनि असुरक्षित हुने भएकाले सरकारले सबै जिल्लाका खररफुसको छानो हटाउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको हो । यस्ता घरलाई जस्तापाताले छाउन स्थानीय तहमार्फत प्रतिघरधुरी ५० हजार रुपैयाँ उपलब्ध गराइने छ ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्ला स्तरीय कार्यान्वयन समिति गठन हुने कार्यविधिले व्यवस्था गरेको छ । खरको छानो विस्थापन गर्न स्थानीय तहहरुले लाभग्राही छनोटको तयारी थालेको छ । स्थानीय तहले कार्यविधि २०७५ को दफा १० ९ख० अनुसार सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचना जारी गर्नुपर्ने र त्यहाँ संकलन भएका आवेदन जिल्ला स्तरीय कार्यान्वयन समितिलाई पठाउनु पर्नेछ ।

कार्यविधि अनुसार अति गरिब तथा विपन्न जसले आफैंले खर्च गरेर छाना फेर्न नसक्ने अवस्थामा छन्,उनीहरुले यो सुविधा पाउनेछन्। संघीय सरकारले सुरु गरेको कार्यक्रमसँग मिल्ने गरी वागमती प्रदेश सरकारले पनि धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकाममा खरको छानोमुक्त कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्