देशभर चार सय ५७ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुदैँ

देशभर पछिल्लो २४ घण्टामा ३ सय ७९ जनाको आइसियु र ७८ संक्रमितको भेन्टिलेटरमा उपचारत भइरहेको छ । पछिल्लो समय लक्षण सहितकासंक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या पनि बढेको छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनसार गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको छ । जस अनुसार १ सय ७९ आइसियु, भेन्टिलेटरमा ५० र होम आइसोलेसनमा १८ हजार ४ सय ३ रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा २ हजार सय ३८ होम आइसोलेसनमा रहेका छन् । आइसियुमा ४८ र भेन्टीलेटरमा ४ जना छन् । प्रदेश १ को होम आइसोलेसनमा ५ हजार ३ सय ९, आइसियुमा ४८ र भेन्टीलेटरमा १३ संक्रमित छन् ।गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ७ सय १०,आइसियुमा ८६ र भेन्टीलेटरमा ८ जना छन् । प्रदेश २ मा ८ संक्रमित आइसियुमा उपचाररत छन्। होम आइसोलेसनमा १ हजार ११ संक्रमित छन् ।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ७० पुगेको छ। आइसियुमा ४ जना उपचाररत छन् । त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ६ सय ९० र आइसियुमा ६ र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्