धादिङ रेडक्रसद्धारा नगद सहित स्वास्थ्य सामग्री वितरण

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाले गजुरीको च्यामबास र मलेखुका विपन्न परिवारलाई नगद सहित सरसफाई सामाग्री वितरण गरेको छ । शनिबार गजुरी गाउँपालिकाको वडा नम्बर २ स्थित च्यामबास र मलेखुका ३२ घरधुरीलाई नगद सहित सरसफाई सामाग्री वितरण गरिएको धादिङ रेडक्रसका जिल्ला सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । च्यामबासको १९ घर र मलेखुको १३ गरि ३२ घरधुरीलाई प्रति परिवार ५/५ हजार नगद सहित स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको सभापति तिमल्सिनाले बताउनुभयो।

त्यस्तै प्रत्येक धरघुरीलाई एक/एक थान झुल र महिलाहरुको लागि स्वास्थ्य तथा सरसफाई सामाग्री समेत वितरण गरिएको तिमल्सिनाले बताउनुभयो । रेडक्रसले नगदका साथै स्वास्थ्य सरसफाईका सामाग्रीहरु उपलव्ध गराएपछी स्थानियहरुले खुशी व्यक्त गर्दै सामाग्रीहरुको सहि उपयोग गर्ने बताएका छन् । धादिङ रेडक्रसका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा भएको वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । गजुरी गाउँपालिकाका उपाध्यक्ष सिता ढुंगानाको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष चुडामणी कँडेल,जनप्रतितिधीहरु,रेडक्रसकर्मी लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्