धादिङको ६३ वडाको मत परिणाम : माओवादीले २० वडा जित्दा काँग्रेस १९ वडामा बिजयी(हेर्नुहोस सुची)

धादिङ,०३ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । यो समाचार तयार पार्दासम्म दुईवटा रुविभ्याली र खनियाबास गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ ।

जस अनुसार रुविभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् । यस्तै खनियाबास गाउँपालिका अध्यक्षमा कांग्रेसका रण बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् ।

अहिले १०४ वटा वडामध्ये ६३ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा माओवादी केन्द्रले २०, कांग्रेसले १९, ,एमालेले ११, राप्रपाले ४, एकिकृत समाजबादीले ५, जसपाले १ वडाध्यक्ष पद जितेको छ भने र ३ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पछिल्लो नतिजा अनुसार बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका–६ मा काँग्रेसका किशोर सेढाई विजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल विजयी हुनुभएको छ ।
खनियाबास गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउपालिका–४, को वडा अध्यक्षमा एमालेका तिल बहादुर गुरुङ विजयी हुनुभएको छ।
रुवीभ्याली गाउँपालिका वडा न. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ विजयी हुनुभएको छ।
रुवीभ्याली गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ बिजयी हुनुभएको छ।
नीलकण्ठ न.पा. वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ बिजयी हुनुभएको छ।
गल्छी गाउँपालिका वडा ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा बिजयी हुनुभएको छ।
गजुरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ बिजयी हुनुभएको छ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका दिपककुमार कार्की विजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल विजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने बिजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नं. ५ मा स्वतन्त्रबाट विशाल भट्टराई विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसका सुरेश वाईवा विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ विजयी हुनुभएको छ ।
सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ४ मा काँग्रेसका सुरेन्द्र चेपाङ बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा न. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ३ मा काँग्रेसका ऋषिलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी बिजयी हुनुभएको छ ।
रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ बिजयी हुनुभएको छ ।
खनियाबास–३ मा राप्रपाका कमानसिङ तमाङ बिजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी बिजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी बिजयी हुनुभएको छ ।
निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल बिजयी हुनुभएको छ ।
बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ ।
धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ ।
धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी बिजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा बिजयी हुनुभएको छ ।
बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी बिजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।
थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले विजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्