नेत्रावती डवजोङमा परामर्श लक्षित मनोबिमर्श तालिम सुरु

धादिङको नेत्रावती डवजोङमा गाउँपालिकामा परामर्श लक्षित मनोबिमर्श तालिम सुरु भएको छ । नेत्रावती डवजोङमा गाउँपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था, नेपालको समन्वयमा आईतबारदेखी परामर्श लक्षित मनोबिमर्श तालिम सुरु भएको हो ।

आईतबार वडा नं ३ स्थित वडा कार्यालयमा कोरोना भाईरसले पारेको मनोसामाजिक प्रभावलाई कम गर्न समुदायमा पुनस्थापना तथा परामर्श लक्षित मनोबिमर्श तालिम सम्पन्न भएको छ ।तालिममा मानोसामाजिक रोग, यसका लक्षण र यसको उपचारमा अपनाइने विधि र सावधानीबारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । तालिममा मनोबिमर्शकर्ता सुदिप घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरुङले मनोबिमर्श तालिमले नागरिकहरुको जीवनमा आई पर्ने विभिन्न समस्यहरुको हल गर्नको लागी सहयोग गर्ने बताउनु भयो ।वडा नं ३ का वडाध्यक्ष बिजय प्राख्रिनको सभापतित्वमा सम्पन्न भएको तालिममा गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरुङको प्रमुख आतिथ्य रहेको थियो । आईतबारदेखी सुरु भएको तालिम वडा नं १, २, ४ र वडा नं ५ मा लगातार सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्