धादिङका थप १३ जनामा कोरोना पुष्टि,सङ्ख्या १२ सय २८ पुग्यो

धादिङमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार गल्छी गाउँपालिकाका मात्रै १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय २८ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ८६ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ६१ जना, त्रिपुरासुन्दरीमा १ सय ४ जना, गजुरीमा ७६,बेनिघाट रोराङमा ८६ जना र ज्वालामुखी गाउँपालिकामा ८३ जना पुगेको छ । यस्तै थाक्रेमा ६५ जना, धुनीबेसीमा ५८ जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा ३१, खनियाबासमा २९ जना, गंगाजमुनामा २७ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार २ सय २८ जना रहेका छन् ।

धादिङका जम्मा संक्रमित मध्ये ८ सय ९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४ सय १९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या ९ सय ७९ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या २ सय २७ जना रहेका छन् भने आजसम्म सरकारी तवरले स्वाव संकलन गरि परिक्षणको लागी पठाएको २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । आईतबारसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ५ सय ६९ जनाको पीसिआर परिक्षण गरिएको छ,जसमध्ये ४ हजार ७ सय ३५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्