प्रहरी चौकी लाङटाङको निर्माणाधीन ईकाईको अनुगमन

बागमती प्रदेशकै सबै भन्दा बिकट स्थानमा रहेको प्रहरी चौकी लाङटाङ, रसुवाको निर्माणाधीन भवनको अनुगमन गरिएको छ । आईतबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाल निर्माणाधीन प्रहरी ईकाईको अनुगमन गर्नुभएको हो ।

प्रहरी चौकीमा १३ जनाको दरबन्दी निकासा भए पनि जनशक्ति अभावका कारण ४ जना मात्रै प्रहरी कर्मचारी कार्यरत रहेको उक्त प्रहरी चौकीमा प्रहरी नायव महानिरीक्षक दर्जाको प्रहरी कर्मचारीबाट प्रथम पटक अनुगमन भएको हो । रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका वडा नं ४ क्षेत्राधिकार भएको प्रहरी चौकी लाङटाङ, रसुवा यस प्रदेशकै सबै भन्दा विकट स्थानमा रहेको प्रहरी ईकाईमा पर्दछ ।
२०६४ सालमा स्थापना गरीएको उक्त प्रहरी चौकीले हाल सम्म भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ । बागमती प्रदेश सरकारबाट उक्त चौकी निर्माणको लागि २ करोड ६४ लाख ४८ हजार ९ सय ८ रुपैया बजेट निकासा भएपछि प्रहरी चौकीको कार्यालय भवन निर्माण शुरु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा, मकवानपुर प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

यातायातको साधन नजाने हुँदा निर्माण सामाग्री ढुवानीमा हुने कठिनाई र वर्तमान संक्रमण जोखीमका ढिलोगरी निर्माण कार्य थालनी गरीएको उक्त प्रहरी चौकीको निर्माण कार्यलाई जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने सम्बन्धमा प्रदेश प्रहरी प्रमुखबाट निर्माण सम्झौता पाएको निर्माण कम्पनीका व्यक्तिका साथै स्थानीयहरुसंग अन्तक्र्रिया गर्नुभएको थियो। प्रदेश सरकारबाट प्रदेश अन्तर्गतका ४७ वटा प्रहरी ईकाई निर्माणको लागि बजेट निकासा गरेको थियो ।

प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले भौगोलीक बिकटताका कारण आफुले दैनिक भोगिरहेको समस्यालाई भन्दा पर्यटकीय क्षेत्रमा अवस्थीत चौकीमा रहेर नागरिकको सेवामा अहोरात्र खटिएका प्रहरी कर्मचारी प्रसंसाको पात्र भएको उल्लेख गर्दै रमणीय पर्यटकीय क्षेत्रमा सेवा गर्ने अवसर सबै प्रहरी कर्मचारीले नपाउने तथ्यलाई मनन गरी आफुलाई तोकिएको जिम्मेवारी त्रुटीपुर्ण तवरले सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । लामाले रसुवा जिल्ला अन्तर्गत निर्माणाधिन सिमा प्रहरी चौकी टिमुरेको कार्यालय भवनको समेत निरीक्षण गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्