धादिङमा कोरोना संक्रमितको सङ्ख्या १२ सय २८ पुग्यो,१४ जना थपिए

धादिङमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका ५ जना, गजुरी गाउँपालिकाका ३ जना, धुनीबेशी नगरपालिका र गंगाजमुना गाउँपालिकाका २र२ जना, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका १र१ जनागरी थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ४२ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ९१ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ६१ जना, त्रिपुरासुन्दरीमा १ सय ४ जना, बेनिघाट रोराङमा ८७ जना र ज्वालामुखी गाउँपालिकामा ८३ जना पुगेको छ । यस्तै गजुरीमा ७९ जना, थाक्रेमा ६६ जना, धुनीबेसीमा ६० जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा ३१, खनियाबास र गंगाजमुनामा २९र२९ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार २ सय ४२ जना रहेका छन् ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४ सय ३३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा सोमबार ४ जना डिस्चाजै भएसँगै निको हुनेको कुल सङ्ख्या ९ सय ८३ पुगेको छ । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या २ सय ३७ जना रहेका छन् भने आजसम्म सरकारी तवरले स्वाव संकलन गरि परिक्षणको लागी पठाएको २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । आईतबारसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ५ सय ६९ जनाको पीसिआर परिक्षण गरिएको छ,जसमध्ये ४ हजार ७ सय ३५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्