देशभर संक्रमितको संख्या एक लाख ९७ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो आईतबार २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ७ सय ९८ जना डिस्चार्ज भएसँगै एक लाख ५९ हजार ७ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ३६ हजार १ सय ७४ सक्रिय संक्रमित रहेका छन् भने ९ सय ६७ जना क्वारेन्टाईनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्