पत्रकार सिताराम प्रसाद वर्माको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा

नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक अध्यक्ष स्व।सिताराम प्रसाद वर्माको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। बुधबार नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा स्व।सिताराम प्रसाद वर्माको १३ औं पुण्य तिथिमा शाखा कार्यालय धादिङबेशीमा श्रद्धाञ्जली सभा गरिएको हो ।

धादिङका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको श्रद्धाञ्जली सभामा स्वर्गिय वर्माको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाल पत्रकार महासंघ धादिङ तथा प्रेस युनियन धादिङका सस्थापक अध्यक्ष वर्मा धादिङको पत्रकारिताको धरोहर, प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्थो । १९९९ असोज १९ गते जन्मनुभएका पत्रकार बर्माको गत कार्तिक २१ गते ७९ वर्षको उमेरमा निधन भएको हो ।

पत्रकार वर्मा २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति ९रासस० को धादिङ समाचारदातामा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै कान्तिपुर, गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएर पनि काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिकाका प्रकाशक९सम्पादक०समेत हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्