कोरोना भाईरस संक्रमणको डरले गंगाजमुना माईको मेला यस बर्ष नहुने

धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक स्थल गंगाजमुना माईको मेला यस बर्ष नहुने भएको छ । प्रत्येक बर्षको हरिबोधनी एकादशमीमा लाग्ने धादिङको प्रख्यात धार्मिक स्थल गंगाजमुना माईको मेला कोरोना भाईरस९कोभिड १९० को कारण नहुने भएको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

कोरोना भाईरसको जोखिम बढ्न सक्ने भन्दै यहि मंसिर ९,१० र ११ गते हुने मेला नहुने भएको हो। कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गरी सामान्य रुपमा दर्शनार्थीहरुले दर्शन गर्ने बाहेक अन्य व्यक्तिहरु जम्मा भै भिडभाड गर्ने,जात्रा तथा मेला गर्ने, लङ्गुर बुर्जा लगायत अन्य कुनै पनि प्रकारका खेलहरु खेलाउने, स्टल राख्ने जस्ता क्रियाकलाप नगर्न र नगराउनको लागि गाउँपालिकाले एक सुचना प्रकाशित गरी आग्रह गरेको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भिडभाड नगरी पुजापाठ गर्नको लागि खुल्ला रहेपनि भिडभाड गरी,नाँचगान गरी र स्टल राखी मेला गर्नको लागि भने रोक लगाईएको रोकाले धादिङ सञ्चारलाई जानकारी दिनुभयो । कोभिड १९ को कारण संक्रमितको संख्या दिन प्रतिदिन बढीहरको अवस्थामा यस जोखिमयुक्त परिस्थितीबाट बच्न पालिकाले यस्तो निर्णय गरीएको हो ।

प्रत्येक बर्ष हरिबोधिनी एकादशी अवसरमा विभिन्न जिल्लाहरुबाट हजारौको संख्यामा दर्शनार्थीहरु दर्शन गर्न आउने गरेका छन् । मेलाको भर्नको लागि धादिङ सहित देशभरका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थीहरु आउने गरेका छन् । गंगाजमुना माईको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्