कक्षा १२ को परीक्षा भोलिदेखी,सम्पूर्ण तयारी पूरा

कोरोना भाइरस ९कोभिड–१९० को कारण रोकिएको कक्षा १२ को बोर्ड परीक्षा मंगलबार ९मंसीर ९ गते० बाट सञ्चालन हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सबै विद्यालयमा उत्तर पुस्तिका पु¥याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भईसकेको छ । बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

यो वर्ष विद्यार्थीले आफ्नै विद्यालय/कलेज या आफुलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने व्ववस्था मिलाईएको छ । परीक्षा बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरण सम्पन्न गरिसकेको छ । यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ भने बाँकी २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिनेछ ।

यो वर्ष देशभरका ४ लाख ३२ हजार ५ सय परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो । मङ्सिर ९ गतेदेखि सुरु हुने परीक्षा १६ गते सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्