धादिङमा संक्रमितको सङ्ख्या तेह्र सय ७६ पुग्यो

धादिङमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ र ५९ बर्षिय पुरुष,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३७ बर्षिय पुरुष, वडा नं ६ का ३० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।

यस्तै ज्वालामुखी गाउँपालिका वडा नं ५ का ३० बर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं २ का ५२ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ७६ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय १२ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ६३ जना, त्रिपुरासुन्दरीमा १ सय ११ जना, बेनिघाट रोराङमा ९८ जना र गजुरीमा ९१ जना पुगेको छ । यस्तै ज्वालामुखी गाउँपालिकामा ८६ जना ,थाक्रेमा ७३ जना, धुनीबेसीमा ७३ जना, सिद्धलेकमा ४९, खनियाँबासमा ४२ जना, गंगाजमुनामा ३८ जना नेत्रावती डबजोङमा ३४, रुविभ्यालीमा १४ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ७८ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ३ सय ७६ जना रहेका छन् ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ४८ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय २८ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १२ सय २२ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३१ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ८ सय ५९ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार ९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्