देशभर कोरोना मुक्त हुनेको सङ्ख्या दुई लाख ८ हजार नजिक

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परीक्षणमा थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो मंगलबार १७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ३ हजार १ सय ४० जना डिस्चार्ज भएसँगै दुई लाख ७ हजार ९ सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशभर १६ हजार ६ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार २ सय १० नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ९० हजार ५ सय ९ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्