धादिङमा संक्रमितको सङ्ख्या चौध सय २१ पुग्यो

धादिङमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ का २९ र ४२ बर्षिय पुरुष, वडा नं ९ का ३२, ३८, ५४ बर्षिय पुरुष र २२, ३५,३७ बर्षिया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धुनीबेशी नगरपालिका वडा नं ५ का २१ बर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं ६ का ३८ बर्षिय पुरुष, गल्छी गाउँपालिका वडा नं ७ का ३४ बर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की ४९ बर्षिया महिला र गंगाजमुना गाउँपालिका वडा नं ५ की ८७ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय २१ पुगेको छ ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ६४ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ५७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १२ सय ७७ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय २० जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ।आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ९ सय ६८ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार ९५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लाको बिभिन्न स्थानबाट स्वाव संकलन गरि परिक्षणको लागि पठाईका मध्ये ९ जनाको कोरोना रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्