कात्तिक महिनाको उत्कृष्ट प्रहरीमा गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेय

जिल्ला प्रहरी कार्यालय धादिङले कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई सर्वोत्कृष्ट घोषणा गरेको छ ।
प्रहरीबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार धादिङ जिल्लाबाट कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेय सर्बोत्कृष्ट प्रहरी घोषणा हुनु भएको हो ।

सर्बोत्कृष्ट घोषणा हुनुभएका प्रहरी निरीक्षक पाण्डेयले अबैध लागु औषध गाँजा खेती फडानी,लागुऔषध नियन्त्रणका साथै आपराधीक क्रियाकलाप नियन्त्रण लगाएतका उत्कृष्ट कार्य सम्पादन लगाएतका कार्यहरु गरेको भन्दै सर्बोत्कृष्टमा छनौट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्