त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलमा अब नियमित पठनपाठन हुने

त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा अब नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरसका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको त्रिविले जनाएको छ ।

स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिविले सूचना प्रकाशित गरि जानकारी दिएको हो । त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्