बालमन्दिर माध्यमिक विद्यालयको भवन शिलान्यास

धादिङबेशीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । बिद्यालय पुननिर्माण कार्यक्रम अन्तर्गत एसियाली विकास बैंक एडीबी० को सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परियोजना कार्यान्वयन इकाईले निर्माण गर्न लागेको ९ कोठे भवनको शिलान्यास गरिएको हो ।

३ करोडको लागतमा निमार्ण हुन लागेको उक्त भुकम्प प्रतिरोधात्मक भवन एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले बताउनुभयो । कार्यक्रममा मेयर ढुङ्गानाले गुणस्तरीयका साथसाथै समयमै काम सक्न निर्माण कम्पनिलाई आग्रह गर्नुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता रहेको औल्याउदै मापदण्ड पुर्याई अपाङ्गमैत्री भवन बनाउनपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै उपप्रमुख मनराज भण्डारीले भवन निर्माण गर्दा दिगो विकास, उच्च गुणस्तर र पारदर्शीतामा ध्यान दिन आग्रह गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा मेयर भिम प्रसाद ढुङ्गाना को प्रमुख आतिथ्य रहेको थियो । यस्तै उपप्रमुख मनराज भण्डारीको बिशेष आतिथ्य रहेको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष होमनाथ रिजाल, वडा नं ४ का वडाध्यक्ष शिवराज गिरि, जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक, अभिभावकहरु लगाएतकोे उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्