धादिङका थप चार जनामा कोरोना पुष्टि

धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिका र थाक्रे गाउँपालिकाका १र१ जना गरी थप ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको छ।
यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ६८ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ७२ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १२ सय ८४ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३२ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ९ सय ७४ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार एक सय जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लाको बिभिन्न स्थानबाट स्वाव संकलन गरि परिक्षणको लागि पठाईका मध्ये ६ जनाको कोरोना रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्