दुई केजी चरेश सहित मलेखुबाट दुई जना पक्राउ

धादिङको गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागू औषध चरेश सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार राति करिब १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा ¥यापिङ पेपरले बेरेर लुकाइ छिपाइ ल्याएको २ केजी चरेश सहित दुई जना पक्राउ परेका हुन । प्रहरीले विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाईसका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ४० वर्षिय खिलमान गुभाजु र सह–चालक दाङ लमहीका २१ वर्षिय प्रकाश गाहा मगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागू औषध ओसारपसार सम्बन्धि मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्