नेकपा फुट्दैन ढुक्क हुनुस् :डा.रामकुमार अधिकारी

बागमती प्रदेश सांसद डा. राम कुमार अधिकारीले नेकपा पार्टी नफ्टने बताउनु भएको छ । शनिबार धादिङबेशी स्थित सितलबजारमा आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्दै अधिकारीले सो कुरा बताउनु भएको हो। उहाँले नेकपा पार्टी एकिकृत हुदै जाने तर कुनै हालतमा विभाजन नहुने बताउनुभयो ।

पार्टीमा कहिलेकाँही अन्तरविरोध हुनु स्वाभाविक प्रक्रिया भएको बताउदै उहाँले विभाजित हुनेहरुको हालत नेपाली राजनीतिक इतिहासले देखाइसकेकोले नेकपा बिभाजित हुन नहुने बताउनुभएको छ ।

लोकतन्त्रमा विश्वास गर्नेहरुले वादविवाद, संवाद र छलफलको प्रक्रियाबाट नै एउटा निष्कर्ष निकालिने हुदा हाल देखिइरहेको पार्टीको आन्तरिक विवाद सामान्य भएकोले निराकरण हुने कुरामा आफु विश्वस्त रहेको समेत बताउनु भएको छ । उहाँले पार्टीको महाधिवेशन छिटै हुने र महाधिवेशनले सबै कुराको टुङ्गो लगाउने भएकोले कार्यकता तथा शुभचिन्तहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्