धादिङमा कांग्रेसनिकट शुभेच्छुक संगठनहरूद्वारा विरोध प्रदर्शन

धादिङ,२४ माघ ।
नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाले आज धादिङबेशीमा विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नेपाली काँग्रेसले आज धादिङ सहित ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन् । 

बिरोध ¥यालीमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन (संघ), नेपाल प्रेस युनियन, नेपाल साँस्कृतिक संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ र नेपाल कुमाल संघ लगायतले लाल्टीन बालेर विरोध प्रदर्शन गरेका हुन ।

धादिङबेसीको पुछारबजारबाट मौन रुपमा विरोध ¥याली निकालेर बीचबजार हुँदै सिरान बजार पुगेर क्याम्पस चोकमा आएर कोणसभामा परिणत भएको थियो ।  विरोध प्रदर्शनमा सहभागिहरुले संविधानको पूर्ण कार्यान्वयन गर, संविधानको पालना गर, असंवैधानिक नियुक्ति खाजेर गर जस्ता पम्प्लेट छातीमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गरिएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्