गजुरीबजारमा ६६ जनाले गरे रक्तदान

धादिङ,१२ असार ।
गजुरी गाउँपालिका–१ स्थित गजुरीबजारमा बृहत खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गजुरी रुद्रेश्वर आमा समूहको आयोजनामा भएको रक्तदान कार्यक्रममा २५ महिला र ४१ पुरुष गरी ६६ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

गजुरीबजारको सिद्धेश्वर मन्दिरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्