बहुप्राविधिक शिक्षालय गजुरीमा नेविसंघको इकाइ गठन

धादिङ,१५ असार।
धादिङको गजुरी गाउँपालिकामा रहेको धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन गरिएको छ ।

बुधबार असल धामीको अध्यक्षतामा ११ सदस्यीय रहनेगरी नेपाल विद्यार्थी संघ  बहुप्राविधिक शिक्षालय इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला सभापति अधिकारीले नवगठित इकाइका अध्यक्ष धामीलाइ नेविसंघको झण्डा र माइन्युट प्रदान गर्नुभएको थियो ।उक्त शिक्षालायमा देशका विभिन्न भूभागहरुबाट विद्यार्थीहरु पढ्न आउने र उनीहरुको हक अधिकार स्थापित गराउन र शैक्षिक कार्यक्रमहरुलाइ थप गुणस्तरीय बनाउनको लागि इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति अधिकारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्