धादिङको एड्भान्स एकेडेमीमा स्पोर्टस फेस्टिबल सुरु

धादिङ,०२ फागुन । 
धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीमा स्पोर्टस फेस्टिबल सुरु भएको छ।  आईतबार संचालक समितिका अध्यक्ष एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष अर्जुन कुमार गोर्खालीले स्पोर्टस फेस्टिबलको उद्घाटन गर्नुभएको एड्भान्स एकेडेमीका प्रिन्सिपल भिम श्रेष्ठले जानकारी दिनुभयो ।

फेस्टिबलमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिने विद्यालयले जनाएको छ । विगतका वर्षहरुमा सप्ताहव्यापी खेलकुद कार्यक्रहरु हुदै आएको एड्भान्स एकेडेमीमा यसवर्ष कोरोना कारण दुई दिनमा विभिन्न विधाका खेलहरु सक्ने योजना बनाएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्