धादिङमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरु,आज ८५ जनाले लगाए

धादिङ,०२ फागुन ।
धादिङमा आइतबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप सुरु भएको छ। आइतबार धादिङ अस्पताल खोप सेवा केन्द्रमा धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुरुवात गर्नुभएको हो । साथै सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख (एसपी) महेन्द्र खड्का, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगाएतले खोप लगाएका छन् । 

अभियान अन्तर्गतको पहिलो दिन आज जिल्लाका १४ महिला र ७१ पुरुष गरी ८५ जनाले कोभिड भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले जानकारी दिनुभयो । जसअन्तरगत पहिलो चरणमा छुट भएका २ जना, जनप्रतिनिधि तथा स्थानिय तहका कर्मचारीहरु ११, निजामती कर्मचारी ८ जना, जनपथ प्रहरी ५६ जना र ८ जना पत्रकारले खोप लगाएका छन् ।

प्रदेश सरकार मार्फत जिल्लामा कोभिड–१९ संक्रमण बिरुद्धको कोभिशिल्ड (ऋयखष्कजष्भमि) नामक भ्याक्सिन ३ हजार ५ सय डोज प्राप्त भएको र जिल्लाका सबै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई खोप लगाइने डा.पौडेलले बताउनुभयो । जिल्लामा पहिलो चरण अन्तरगत १ हजार ३४० डोज भ्याक्सिन प्राप्त भएकोमा १ हजार ३२४ जनालाई लगाइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्