धादिङबेशीमा कांग्रेसको मार्चपास

नेपाली कांग्रेस धादिङले आईतबार धादिङबेशीमा मार्चपास गरेको छ । भोलि ३ गते सोमबार धादिङबेशीमा हुने वृहत विरोध प्रदर्शनको पुर्वसन्ध्यामा कांग्रेसको बिरोध प्रदर्शन युवा परिचालन समितिले प्रचारात्मक मार्चपास गरेको हो । 

दिउँसो ३ बजे धादिङबेशी स्थित सिरानबजारबाट शुरु भएको मार्चपास  क्याम्पसचोक, बिचबजार, शान्त बजार हुँदै पुछारबजारमा पुगेर सकिएको थियो । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले फागुन ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय अनुसार कांग्रेसले सोमबार धादिङबेसीमा पनि वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

वृहत् विरोधसभालाई सम्बोधन गर्नको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सह–महामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बद्री पाण्डे लगायतका केन्द्रीय नेताहरू धादिङबेसी आउने नेपाली कांग्रेस धादिङका सभापति रमेश धमालाले जानकारी दिनुभयो । 

जिल्ला कार्यसमितिको अगुवाइमा गरिने विरोध प्रदर्शनलाई अझ प्रभावकारी, विशाल, व्यापक र व्यवस्थित बनाईने धमलाले बताउनुभयो । यस वृहत विरोध प्रदर्शनमा आमनागरिकलाई सहभागि हुन धमालाले आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै निरन्तर बिरोध प्रदर्शन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्