नेपालका दुई जनामा कोरोनाको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि

धादिङ,२२ असार।
नेपालमा दुई जनामा कोरोना भाइरसको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा दुई जनामा बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिनुभयो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको हो ।

प्रवक्ता मिश्राले बीए २ र बीए १ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै बीए ५ सब भेरियन्ट सक्रिय बनेको बताउनुभयो । बीए ५ यसअघिका अरू सब भेरियन्टभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा बढी सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्