यौन स्वास्थ्य र यौन शिक्षा

यौन शिक्षाले यौनको सबै पहलहरूको बारेमा बताउँछ । यसमा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ ।

यसरी शिक्षाको लागि स्कुलमा चल्ने सार्वजनिक स्वास्थ्य कार्यक्रम वा परिवारको अभिभावकहरूद्वारा पनि कतिपय अवस्थामा सिकाउने गरिन्छ । पहिले यस विषयमा किशोर वा किशोरीहरुलाई कुनै पनि तरिकाले जानकारी दिन सकिँदैन’थ्यो । समाजमा यी विषयहरुमा कुरा गर्नु पनि गलत मान्ने गरिन्थ्यो । सामान्य हिसाबले जति जानकारी दिने गरिन्थ्यो, त्यो पनि घरका मानिसहरूद्वारा नै दिने गरिन्थ्यो ।

यौन शिक्षामा महिला वा पुरुषहरुको यौन स्वास्थ्यका साथ गर्भावस्था वा त्यसको बचावटको बारेमा बिस्तारसँग बताउने गरिन्छ । यसबाट युवाहरूको यौन सम्बन्धसँग हुनेवाला बिरामीहरु वा संक्रमण जस्तो एचआईभी आदिप्रति जागरुक गर्ने गरिन्छ । यसकारण यौन स्वास्थ्य हरेक बच्चा वा किशोरलाई घरमा वा स्कुलमा दिनु आवश्यक हुन्छ ।

महिलाहरुको यौन स्वास्थ्यको बारेमा जानकारी

महिलाहरुको यौन स्वास्थ्यको बारेमा जान्नुभन्दा पहिले महिलाहरुको यौन अंगहरुको जानकारी तल दिइएको छ ।

१ स्तन : स्तन महिलाहरुको छातीको हिस्सा हुने गर्छ । यसमा बोसोयुक्त मांस तन्तु हुन्छ । यसमा कैयौं तन्त्रिकाहरु वा निप्पल हुने गर्छ । किशोरावस्था प्रवेश गरेसँगै उक्त मांशतन्तुसमेत बिस्तारै बढ्दै जान्छ । महिलाहरुको तुलनामा पुरुषहरुको छातीमा उक्त मांसतन्तु धेरै विकसित हुने गर्दैन ।

२. योनी : महिलाहरुको जननांगलाई योनी भन्ने गरिन्छ । यसको भित्री भाग योनीमुख वा गर्भाशयसँग जोडिएको हुन्छ । यही ठाउँमा सम्भोग गर्ने गरिन्छ । मासिक धर्म वा बच्चा समेत जन्मको समय यही ठाउँबाट बाहिर निस्कने गर्छन् ।

३. योनीमुख : महिलाको बाह्य यौन अंगलाई योनीमुख भन्ने गरिन्छ । यसमा क्लिटोरिसलाई समेत राख्ने गरिन्छ । यो जननांग ओठको जस्तै संवेदनशील मांसहरुबाट बनेका हुन्छन् । यसबाट बार्थाेलिन ग्रन्थीहरु जोडिएको हुन्छ । यो ग्रन्थीले योनीलाई चिल्लो बनाइ राख्छ ।

४ गर्भाशय : यस स्थानलाई गर्भाशयको नामबाट पनि चिन्ने गरिन्छ । यो नासपाती वा बन्द मुठ्ठीको आकारको अंग महिलाहरुको पेटको तल्लो हिस्सामा हुने गर्छ । गर्भाशयभन्दा तल्लोभागतर्फ योनी र माथिल्लो भागतर्फ अण्डाशयदेखि गर्भाशयसम्म अण्ड लिएर जानेवाला नलीसँग जोडिएको हुन्छ । मासिक धर्मचक्रको साथसाथ हरेक महिना गर्भाशयको निर्माण पनि भइरहन्छ ।

५ हाइमन :  यो योनीको भित्रको मांशपिण्डको पातलो झिल्ली हो । यो झिल्लीले महिलाहरुको योनी मुखको मार्गलाई सुरक्षित राखिदिन्छ । कैयौं पटक योग या यौनसम्बन्ध राख्दा यो झिल्ली टुट्न सक्छ ।

पुरुषको यौन स्वास्थ्यसम्बन्धी शिक्षा

पुरुषको यौन अंग र उनीहरुसँग जोडिएको मुख्य बिरामीको विषयलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१. लिंग : पुरुषको प्रजनन् अंगलाई लिंग भन्ने गरिन्छ । जुन तीन मुलायम मांसतन्तुहरु मिलेर बन्ने गर्छ । यो मुलायम मांसतन्तु उत्तेजनाको समयमा रगतले भरिएर आउँछ । यो मांसतन्तुले नै लिंगमा उत्तेजना भर्ने गर्छ । लिंगबाट मूत्र वा वीर्यसम्बन्धी तरल पदार्थ निस्कने गर्छ ।

२. लिंगको माथिल्लो भाग : यसमा पुरुषहरुको लिंगको माथिल्लो छालालाई आंशिक या पूरा रुपले हट्ने गर्र्छ । केही सम्प्रदायहरुमा यसलाई काटेर फाल्ने चलन पनि हुन्छ ।

३. पुरुषको जननांगमा उत्तेजना : पुरुषमा यौनक्रियाभन्दा पहिले लिंगमा जब रगतले भरिएको हून्छ भने त्यस्तो अवस्थामा उत्तेजना भरिने गर्छ । यो सामान्य स्थितिभन्दा माथि जाने गर्छ । यसलाई नै पुरुष जननांगमा हुने उत्तेजना भन्ने गरिन्छ ।

४. स्खलन : यौन क्रियाको चरम आनन्दमा पुरुषको लिंगबाट निस्कने वीर्यको प्रक्रियालाई स्खलन भनिन्छ । त्यस्तै, महिलाहरुमा चरम आनन्दको स्थितिमा यौनीबाट तरल पदार्थ स्खलित हुन्छ ।

५. वीर्य : यो पुरुष जननांगबाट निस्कने सफेद रंगको तरल पदार्थ हो । यसमा शुक्राणु वा तरल पदार्थ मिसिएको हुन्छ । जननांगमा उत्तेजनाको चरम अवस्थामा पुगेपछि यो पदार्थ बाहिर आउँछ ।

यौन क्रिया वा लैङ्गिकतासम्बन्धी शिक्षा

१. यौनसम्पर्क के हो ?

कुनै पनि महिला र पुरुषको सहमतिमा दुई व्यक्तिबीच हुने शारीरिक सम्बन्ध नै आम बोलचालको भाषामा यौनसम्पर्क कहलाउँछ ।

२. सुरक्षित यौनसम्पर्क के हो ?

जब तपाईं आफ्नो साथीको साथमा कण्डम या महिलाहरुको गर्भ रोक्नको लागि वा अन्य संक्रमण रोक्नको लागि अपनाउने सुरक्षाको उपाय नै सुरक्षित यौनसम्पर्क हो ।

३. मुखमैथुन के हो ?

मुखमैथुन भनेको मुख वा जिभ्रोको प्रयोगबाट साथीको प्रजनन् अंग वा संवेदनशील अंग र एनललाई उत्तेजित गराउने गरिन्छ भने यसलाई मुखमैथुन भनिन्छ ।

यसबाहेक यौन सम्पर्कको विविध विधि अपनाउनु, आफ्नो साथीहरुसँग अनिवार्य सहमति लिनु आदि विषयलाई पनि यसमा महत्व दिनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्