त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

धादिङ,२५ फागुन ।
रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङग्राङखानी स्थित सडकबाट अन्दाजी ३० मिटर तल त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् । दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । शबलाई पोस्ट्रमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्