बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेशकै प्रथम(विवरण सहित)

धादिङ ४ साउन ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका बेरुजु फछ्यौटमा  बागमती प्रदेशकै प्रथम भएको छ। महालेखा परिक्षककोे ५९ औँ बार्षिक प्रतिवेदन अनुसार नेत्रावती डबजोङ गाउँपालिकाले ० दशमलब १२ अंक प्राप्त गरी प्रथम हुन सफल भएको हो।आर्थिक बर्ष ०७७/०७८ मा बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका प्रथम भएको हो ।

यसैगरी हरिहर गाउँपालिका सिन्धुलीले ० दशमलब ३८ अंक प्राप्त गरी दोस्रो हुन सफल भएको छ । भरतपुर महानगरपालिकाले ० दशमलब ५६ अंक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको छ ।७५३ मध्ये आर्थिक बर्ष २०७७/७८ मा ७४४ स्थानीय तहको मात्र लेखा परीक्षण गरिएको थियो।

महालेखा परीक्षकको कार्यालयले ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरिएको थियो। प्युठानको मल्लरानी,सरुमारानी गाउँपालिका र ताप्लेजुङको सिरीजंगा गाउँपालिकाको बेरुजु शुन्य गर्न सफल भएका छन् ।धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये १ दशमलब ६९ अंक प्राप्त गरी बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । यसैगरी २ दशमलब ६३ अंक प्राप्त गरी थाक्रे गाउँपालिका दोस्रो र २ दशमलब ७८ अंक प्राप्त गरी गंगाजमुना गाउँपालिका तृतीय हुन सफल भएका छन् ।

यस्तो छ धादिङको अवस्था

No description available.

हेर्नुहोस महालेखाको प्रतिबेदन

1658313853315527

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्