सुरक्षित सिकाईका लागि सरोकारवालाहरुसँग अन्तक्रिया

धादिङ,०२ चैत ।
बिद्यालयमा सुरक्षित सिकाईको लागि आवश्यक निती विषयक अन्तक्रिया कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ । आईतबार शिक्षा पत्रकार समाजको आयोजना तथा आसमान नेपाल, भिएसओ लगाएतका संस्थाको समन्वयमा अन्तरक्रिया कार्यक्रममा बालबालिकालाई कसरी सुरक्षित रुपमा सिकाई दिन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो ।

शिक्षा पत्रकार समाजका बागमती प्रदेश सँयोजक बसन्त पराजुलीले स्थानिय तहले बाल सरंक्षणमा कार्यान्वयन गरेका नितीहरु, नेपालमा बालबालिकाको स्थिति, सुरक्षित सिकाईका आयमहरु, सुरक्षित सिकाई सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्थाहरु, विद्यालयमा सुरक्षित सिकाईको बातावरण निर्माणका लागि स्थानिय सरकारको प्रयोग र सुरक्षित सिकाईका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा सहभागिले सुरक्षित सिकाईका लागि बालबालिकाहरुमा धेरै अबरोधहरु रहेको बताएका छन् । सहभागिहरुले भौतिक संरचनाको निर्माणबाट मात्र विद्यालमा सुरक्षित सिकाई हुन नसक्ने, सुरक्षित सिकाईका लागी विद्यार्थीले मानसिक र भावनात्मक रुपमा पनि आफु सुरक्षित भएको अनुभव गर्नुपर्ने बताएका हुन । विद्यालयमा हुने शारीरिक,मानसिक, यौन  हिंसा न्युनिकरण गर्न अभिभावक, विद्यालय, स्थानीय सरकारले आआफ्नो क्षेत्रमा नीतिगत व्यवस्था गरि यसको कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउपालिका प्रमुख प्रशासकीय प्रमुख रामचन्द्र ईटनी, शिक्षा विकास तथा समन्वय ईकाईका अधिकृत सशुचना अधिकारी कृष्ण कुमार श्रेष्ठ, सिद्धलेक गाउँपालिका शिक्षा शाखाका बलराम अधिकारी, निलक्ण नगरपालिकाका शिक्षा शाखाका तुलबहादुर महत लगायतले नितिगत व्यवस्था कार्यान्वयन को विषयमा धारणा व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा आसमान नेपालले ५ जिल्लाका ६९ विद्यालयमा सञ्चालन गरेका सुरक्षित सिकाईका मुख्य उपलव्धी र गतिविधीका बारेमा जानकारी गराइएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्