धादिङ जिल्ला अदालतको नयाँ भवनको उद्घाटन


धादिङबेशी । धादिङ जिल्ला अदालतको नयाँ भवन आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपककुमार कार्की द्धारा उक्त भवन उद्घाटन गरिएको हो ।

कुल ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ ३३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको भवनमा ३४ वटा कोठा रहेको छ । अपाङ्गमैत्री भवन निर्माणको लागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सहयोग रहेको थियो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश डाक्टर देवेन्द्र चुडालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, वागमती प्रदेश सभाका सदस्य डा. रामकुमार अधिकारी,जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल लगायतको आतिथ्य रहेको थियो ।

भुकम्पका कारण तत्कालिन भवन भत्किएपछि सार्वेच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले २०७३ साल फागुन २६ उक्त भवनको शिलान्यास गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्