विमामा नक्कली सम्वन्ध ? (सम्पादकीय)

धादिङ,१४ साउन।
पछिल्लो समय नागरिकका घर दैलोमा विमा अभिकर्ताहरु सजिलै भेट्न सकिन्छ ।

नागरिकका जीवन वीमा गराउने उद्देश्यले यतिबेला शहरदेखी गाउँसम्म वीमा अभिकर्ताहरु विभिन्न विमा योजनाहरु लिएर गाउँ पस्ने र आफ्ना योजना सुनाउदै वीमामा नागरिकको आकर्षण बढाउनेतर्फ लागिरहेका छन् पछिल्लो पटक जुन तरिकाले नागरिकहरु आफ्नो जीवन वीमा गराउन लागिरहेको छन् यो सकारात्मक कुरा हो तर, पछिल्लो समय बाँके जिल्लामा देखिएको वीमाकै लागि गरिएको नक्कली सम्बन्धले हामी कतातिर जाँदैछौं भनेर सोच्नुपर्ने भएको छ ।

वीमामा नक्कली सम्बन्ध कायम गराउने र वीमितको हत्या गरि करोडौं रुपैयाँ असुल्नु जुन प्रकारको हर्कत बाँकेमा देखियो यसले आम वीमा अभिकर्ताहरुमाथी प्रश्न उठिरहेको छ । वीमा खासमा के का लागि ? जीवन विमा भविष्यको बचत कि ? आफ्नै जीवन धरापमा पर्ने धरापयन्त्र ? विमाले मानिसहरुमा स्थापित भैरहेको सम्वन्ध प्रगाढ बनाइराख्ने कि प्रगाढ सम्बन्धहरु धरापमा पारेर जीवन हत्या सम्मको स्थिति बनाउने ?

आर्थिक बचतसंगै जीवनमा सम्भावित जोखिमहरु कम गर्ने उपाय मात्रै वीमाले गर्ने मुख्य काम हो कि ? विमाले सुरक्षित भैरहेको जीवनलाई असुरक्षित गरी पैसासंग साट्ने माध्यमको रुपमा स्थापित हँदैछ ? के यसरी नक्कली सम्बन्ध कायम गराउदै मानिसहरुको हत्या योजनासम्म बनाउदै जाने पैसा असुल्ने काम गरियो भने वीमा कार्यक्रमले खासमा सार्थकता पाउन सक्ला ?

पक्कै पनि सार्थकता पाउन सक्दैन । किनभने मानिसहरुले आफ्नो जीवनमा हुनसक्ने जोखिम कम गर्नुका साथै भविष्यमा केही बचत पनि हुन सक्छ वा अवश्यकता परेको समयमा भैरहेको अर्थ संकलनले केही काम गर्न सक्छ भनेर वीमा गरेका हुन्छन् विमा गरेका कोही मानिसको आकस्मित कुनै दुर्घटना वा विभिन कारणवश मृत्यू हुनसक्छ जतिबेला मृतकका आफन्तमाथि नै संका उपसंका गर्ने ठाउँ बन्छ भने पक्कै पनि त्यो राम्रो विषय हुन सक्दैन ।

यसरि केही घटनाक्रम अगामी दिनमा पनि दोहोरिए भने विमाप्रतिको विश्वसनियता पक्कै पनि कम हुन जानेछ ।अहिले बाँकेमा विमासंग जोडिएर जुन प्रकारको घटना देखिएको छ, आगामी समयमा यस्ता प्रकारका घटना पूर्ण रुपमा बन्द गराउन सरोकारवाला पक्षले महत्वपूर्ण भूमीकामा रहेर काम गर्नुपर्ने हुन्छ ।

जुन कामबाट विमा प्रति आम नागरिकहरुले विश्वस्त हुने वातावरण वनोस् । अहिलेको अवस्थामा विमा कुनैपनि आर्थिक लगानी, ऋण प्रवाह तथा, व्यवसायिक लगानीकर्ताहरुले समेत यसलाई समस्याको समाधानको मुल पाटोको रुपमा लिएका छन् यो विश्वासले आगामी दिनमा पनि निरन्तरता पाए मात्रै विमा अभियानले सार्थकता पाउनेछ ।

नेपालको सन्दर्भमा विमा अभियानमा खासै धेरै विमा कम्पनीहरु छैन्, थोरै मात्रै विमा कम्पनीहरुले नेपालको अधिकाँश स्थानमा आफ्नो कार्यालय खोलेर काम गरिरहेको भए पनि भर्खर भर्खर मात्रै नागरिकको घर दैलोमा विमा अभिकर्ता तयार गर्ने र अभियान चलाउने काम गरिरहेका छन्, विमाजस्तो गम्भीर र सम्बेदनशील कुरालाई ख्याल ख्यालती सोचेर पैसासंग मात्रै हिसाव गर्नु हुँदैन यो त आकस्मिक घटनाबाट भएको क्षति न्यूनिकरण गर्ने एउटा कार्यक्रम हो भनेर बुझ्नुपर्छ ।

विमा एजेन्टलाई जागिर जस्तो नबनाउने, कुनैपनि लगानी वा महत्वपूर्ण कामका लागि विमा अनिवार्य बनाइदिने र नक्कली कारोबार वा क्रियाकलाप गर्नेलाई गभ्मीर अपराधको रुपमा लिएर कडा भन्दा कडा कारवाही गर्ने स्थिति बनोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्