चितवनबाट धादिङ आउदै गरेका माईक्रोबस दुर्घटना,१८ जना घाईते(घाईतेहरुको विवरण सहित)

धादिङ,१६ साउन ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

चितवनबाट धादिङ आउदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस सडकबाट ३० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईते १८ जनामध्ये ९ जना धादिङका रहेका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर, सातजनाको अवस्था मध्यम र अरूको सामान्य रहेको चितवन प्रहरीको असई विष्णु मोक्तानले जानकारी दिनुभयो । बैंकको कार्यक्रम सकेर धादिङ आउने क्रममा दुर्घटना परेको हो।घाईते सबैको चितवनको सिएमसी अस्पतालमा ल्याएर उपचार भईरहेको छ ।

घाईतेहरुको विवरण

-धादिङको गल्छी गा.पा १ का २६ बर्षिय सरोज खतिवडा–अवस्था मध्यम
-निलकण्ठ न.पा १ की २६ बर्षिया प्रमिला भट्ट -अवस्था मध्यम
-निलकण्ठ न.पा १ का ३९ बर्षिय टिकाराम श्रेष्ठ -अवस्था मध्यम ।
-थाक्रे गा.पा ९ की २८ बर्षिया दिपा रेग्मी अधिकारी -अवस्था गम्भिर ।
-गल्छी गा.पा ४ का बर्ष २९ को प्रकाश अधिकारी -अवस्था सामान्य ।
-निलकण्ठ न.पा ३ बस्ने बर्ष २८ कि सावित्रि सापकोटा -अवस्था मध्यम ।
-धादिङ निलकण्ठ न.पा बस्ने बर्ष २५ कि रोजिना श्रेष्ठ -अवस्था मध्यम ।
-गल्छी गा.पा ४ बस्ने बर्ष २७ को मनोज भण्डारी -अवस्था सामान्य ।
-धुनिबेशी न.पा ६ बस्ने बर्ष २३ को सुजन आचार्य -अवस्था सामान्य ।
-नुवाकोटको लिखु गा.पा २ का २९ बर्षिय सुवास नेपाल -अवस्था मध्यम।
– बिदुर न.पा बर्ष २६ कि सनिसा अधिकारी -अवस्था मध्यम ।
-बिदुर न.पा ६ बस्ने बर्ष २६ को जिवन कुमाल -सामान्य ।
– ककनि ८ बस्ने बर्ष २५ को उपेन्द्र भण्डारी -अवस्था सामान्य ।
-ललितपुरको बागमती गा.पा ५ बस्ने बर्ष २६ को विकास संजेल र बर्ष २४ कि सोस्तिका आचार्य-अवस्था सामान्य ।
-नवलपुर बुलिनटार गा.पा ५ बस्ने बर्ष ६ कि एन्जल कुमाल -अवस्था सामान्य ।
-चालक दोलखाको सैलुङ् गा.पा ६ का ३९ बर्षिय धर्म ब.खड्का -अवस्था सामान्य ।
-सहचालक जि.मकवानपुर कैलाश गा.पा २ बस्ने बर्ष २७ को सरोज मोक्तान -अवस्था सामान्य

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्